
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सको सेवा बुधबार डेढ घण्टा अवरुद्ध भएको छ ।
इन्टरनेट गेटवेमा समस्या आउँदा कम्पनीको इन्टरनेट डेढ घण्टा अवरुद्ध भएको कम्पनीले जनाएको छ । मुख्य इन्टरनेट गेटवे राउटर नै डाउन हुँदा नेपालभरको अन्तर्राष्ट्रिय ब्याण्डविथमा समस्या देखिएको कम्पनीको जिकीर छ ।
बुधबार दिउँसो ३ः५५ देखि समस्या देखिएको इन्टरनेट ४ः५५ मा आंशिक रूपमा सुचालु भएको थियो भने ५ः२० देखि पूर्ण रूपमा सेवा सुचालु भएको थियाे ।
अझै कुनै समस्या भए एप तथा ई–सर्भिसमार्फत गुनासो टिपाउन कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्