
एजेन्सी । कोपा अमेरिका फुटबलमा आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हराएको छ ।
समूह ‘बि’ को शिर्ष स्थानमा रहेको ब्राजिलको जितमा क्यासेमिरोले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो । खेलको १० औं मिनेटमै कोलम्बियाका लुइस डियाजले गोल गर्दै टोलीलाई अग्रता दिए ।
तर ७८ औं मिनेटमा ब्रािजलका रोबर्टो फर्मीनोले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । क्यासेमिरोले अन्तिम मिनेटमा ब्राजिलका लागि विजयी गोल गरे ।
आजै बिहान भएको अर्को खेलमा इक्वेडर र पेरुले २–२ गोलको बराबरी खेलेका छन् । खेलमा पेरुका रेनाटो तापियाले आत्माघाति गोल गरेपछि इक्वेडरले अग्रता लियो ।
४५ औं मिनेटमा प्रेसियाडोले एक गोल थपेपछि इक्वेडरको अग्रता दोब्बर भयो । दोस्रो हाफमा पेरुका लापाडुला र क्यारीलोले एक एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।
प्रतिक्रिया दिनुहोस्