२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी गोप्य प्रतिवदेन सार्वजनिक


0
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघले हरित ग्यास उत्सर्जनलाई व्यवस्थित गर्न नसके आगामी दशकमा मानव जातिलाई ठूलो क्षति पुग्नसक्ने चेतावनी दिएको छ ।

समाचार संस्था रायटर्सले हालै सार्वजनिक गरेको संयक्त राष्ट्रसंघको अप्रकाशित एक गोप्य प्रतिवदेनमा आगामी दशकमा मावव जातिले आफ्नै गतिविधिका कारण घातक समस्या भोग्नुपर्ने उल्लेख छ ।

जलयायू परिवर्तनसम्बन्धी राष्ट्रसंघीय अन्तर सरकारी प्यानल (आईपीसीसीले तयार पारेको उक्त प्रतिवदेनमा हरेक वर्ष जलवायू परिवर्तनका कारण ठूला ठूला मानविय क्षति हुँदै गएको उल्लेख छ ।

जलवायू परिवर्तनको तीव्र प्रभावका कारण जीवजन्तु र वनस्पतिका विभिन्न प्रजातीहरुको लोप हुने, पृथ्वीको तापमान अस्वभाविक रुपमा वृद्धि, नयाँ नयाँ रोगको संक्रमण, समुद्रको सतहमा वृद्धि लगायतका समस्या बढ्दै गएको भन्दै उक्त प्रतिवेदनमा चिन्तासमेत व्यक्त गरिएको छ ।

विगतका ठूला जलवायू परिवर्तनका कारण वातावरणमा भएको परिवर्तन र अधिकांश प्रजातीको जीवजन्तुको विनास मानव गतिविधिकै कारक भएको पनि प्रतिवदेनले औंल्याएको छ ।