
फाइल तस्वीर
दाङ । दाङमा परम्परागत रुपमा प्रयोग हुने सामग्रीहरूको प्रयोग कम हुन थालेको छ । कृषि क्षेत्रमा आधुनिक प्रविधिमैत्री सामग्री भित्रिएसँगै परम्परागत सामग्रीहरुको प्रयोग र बिक्री कम हुन थालेको हो ।
लामो सयमदेखि बाँसका विभिन्न सामग्रीहरूको व्यवसाय गर्दै आएका व्यापारीहरूले पनि पछिल्लो समय स्याखूहरु बिक्री हुन छाडेको गुनासो गरेका छन् । गत वर्ष भन्दा यस वर्ष स्याखु कम बिक्री भएकाले स्थानीय सीप र मेहनतसमेत त्यसै खेर जान थालेको छ ।
पछिल्लो समय कृषिमा भएको आधुनिकीकरणसँगै यसको माग घट्दै जाँदा व्यवसायीहरु मर्कामा परेका छन् । उनीहरुले आफूहरुले बनाएका सामग्रीको बजारीकरण र सीपलाई संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्