
काठमाडौं । गैर आवासिय नेपाली संघ९एनआरएन० जापानको केन्द्रिय सदस्य पदमा युवा व्यवसायी दिलिप कँडेलले उम्मेदवारी दिएका छन् ।
झण्डै एक दर्जन भन्दा बढी सामाजिक संघ संस्थाहरुमा सक्रिय रहेका कँडेलले विगतको अनुभव र नयाँ टिमसँग मिलेर जापानको एनआरएन आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आफु उम्मेदवार बनेको बताउनुभयो ।
उहाँले एनआरएन जापानमा थुप्रै सुधारका कामहरु गर्नुपर्ने अवस्था आएको र आफुले त्यसका लागि पहलकदमी गर्ने पनि बताउनुभयाे । ‘संस्था भित्रको अपारदर्शितालाई मँ एक्लैले हटाउँछु भन्ने ठूला महत्वाकांक्षी नारा दिन सक्दिन, तर त्यहाँ भित्र भएका राम्रा कुराको समर्थन गर्दै नराम्रा कुराको खुलेर बिरोध गर्दै जापान बासी नेपाली माझ पुर्याऊने छु ।’, कँडेलले भन्नुभयाे । उहाँले संघको जापान च्याप्टरमा देखिएको अपारदर्शितालाई कम गराएरै छाड्ने अठोटका साथ एनआरएनए नेतृत्वमा जान लागेको दावी पनि गर्नुभयाे ।
एनआरएनए कान्साईको विभिन्न कार्यक्रममा संयोजनकारी भूमिकामा रहेर सक्रिय रहँदै आएका कँडेलले कान्साई क्षेत्रमा सक्रिय नेपाली युवाहरुको संस्था स्टार ग्रुप जापानको दुई कार्यकाल अध्यक्षको रुपमा समेत जिम्मेवारी पुरा गरेका छन् ।
गल्कोट समाज जापान कान्साईको सल्लाहकार, गल्कोट समाज जापानको केन्द्रिय सदस्य हुदै अहिले नेपालमा रहेका थुप्रै संघसस्थासगं सहकार्य गरिरहेका छन् । ‘मेरो चाहाना भनेको नै साच्चिकै एनआरएन भनेको जापानवासी नेपालीको अभिभावकीय भूमिकाको सस्था बनोस भन्ने मात्र हो ।’, कँडेलले भन्नुभयाे । उहाँ सन २००६ सालदेखि जापानमा रहँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्