२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


११ महिनामा आयात,निर्यातमा वृद्धि


0
Shares

काठमाडौं । चालु वर्षको ११ महिनामा आयातमा २५ र निर्यातमा ३७ प्रतिशतले वृद्धि भएको छ ।

भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेटठ महिनासम्ममा आयात र निर्यात दुवै बढेको हो ।

कोरोना महामारी जारी रहेकै अवस्थामा पनि आयात र निर्यात दुवैमा उललेख्य रुपमा वृद्धि भएको विभागको तथ्यांकमा उल्लेख छ ।

सो अवधिमा १३ खर्ब ८५ अर्बको आयात भएको छ । आयात गतवर्ष भन्दा २५ दशमलव ६७ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष सोही अवधिमा ११ खर्ब ८१ करोडको आयात भएको थियो ।

यस्तै ११ महिनामा कुल निर्यात १ खर्ब २१ अर्ब २५ करोडको निर्यात भएको छ । यो अवधिमा सबैभन्दा धेरै डिजेल आयत भएको छ ।

यस्तै दोस्रोमा पेट्रोल तथा तेस्रोमा सवारी साधन बढी आयात भएको छ । यो अवधिमा वस्तु तथा सेवाको आयात गरेर ३ खर्ब ८२ अर्ब १३ करोड ५८ लाख २ हजार रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।