
काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संसद्विघटन र पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको विरोध गर्दै प्रदर्शन गरेका छन् ।
बिहीबार विपक्षी गठबन्धनका भातृ विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संगठन, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षधर अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले विघटित प्रतिनिधि सभाको पुनःस्थापना, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनीमार्गमा जम्मा भएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले ‘डकैत गरिएको सार्वभौम संसद पुनःस्थापना गर’, ‘ए प्रतिगमनका बा अब त अति भो राष्ट्रलाई क्षति भो’, ‘पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर’ लगायतका प्लाकार्डसमेत प्रदर्शन समेत गरेका थिए ।
माग पूरा नहुञ्जेलसम्म आन्दोलनका अन्य कार्यक्रमहरू पनि घोषणा गर्ने विद्यार्थी संगठनहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्