
काठमाडौं । विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको ज्यान लिने आरोपी पक्राउ परेका छन् ।
मंगलबार काठमाण्डौंको दक्षिणकाली नगरपालिका ७ पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव फेला परेको थियो ।
प्रहरीका अनुसार सन्तोषीको करणी गर्न थालेपछि प्रतिकार गरेपछि हत्या भएको खुलासा भएको छ । प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा सांगाचोकगढी १४ घरभई हाल दक्षिणकाली नगरपालिका ७ का २९ बर्षिय सुरेश तिमिल्सिनालाई पक्राउ गरेको छ ।
असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमिल्सिनासंग खाने र बासको समस्या भएको बताएपछि अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिरकाली मन्दिर नजिक जंगलमा पु¥याएका थिए ।
प्रतिक्रिया दिनुहोस्