
एजेन्सी । भारतमा कोरोना संक्रमणबाट १३ सय बढीको मृत्यु भएको छ । बितेको २४ घण्टामा १ हजार ३२९ को मृत्यु भएको बीबीसीले जनाएको छ । यो सँगैं भारतमा हालसम्म ३ लाख ९३ हजार बढीले संक्रमणबाट ज्यान गुमाएका छन् ।
यस्तै २४ घण्टामा ५१ हजार ६६७ जना नयाँ संक्रमित फेला परेका छन् । भारतमा संक्रिय संक्रमितको संख्या ६ लाख १२ हजार बढी छ । भारतमा हालसम्म तीन करोड एक लाखमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय भारतले कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियानलाई तीव्रता दिएको छ । भारतले हालसम्म ३० कराड ७९ लाख बढीलाई कोरोना खोप दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्