२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


वरिष्ठ नेता पौडेलले आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गर्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ ।

महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने वरिष्ठ नेता रामचन्द्र पौडेलको आकांक्षा छ । नेता पौडेलले सामूहिक छलफल गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

यसैबीच, वरिष्ठ नेता पौडेलले आज आफू निकट केन्द्रीय सदस्यहरुको भेला बोलाउनुभएको छ । बसुन्धारास्थित एक पार्टी प्यालेसमा भेला आयोजना गरिएको छ ।

महाधिवेशन नजिकिँदै जाँदा सभापति देउवाले अर्को कार्यकालका लागि दाबेदारी प्रस्तुत गरेपछि पौडेलले पनि आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाउनुभएको हो ।

यसअघि सभापति शेरबहादुर देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्नुभएको थियो ।

सभापतिमा एक कार्यकाल फेरि दोहोरिने पक्षमा देउवा हुनुहुन्छ ।