२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


नेपालमा लागु औषध प्रयोगकर्ता वृद्धिदर बार्षिक ५ प्रतिशत भन्दा बढी


0
Shares

काठमाडौं । ‘लागू औषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रियनाराका साथ आज नेपालमा पनि लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईदै छ ।

हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रमा उल्लेख छ ।

दिवसको उद्देश्य विश्व समुदायलाई लागू औषधको असर र कारोवारबाट मुक्त गराउनु रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागू औषध प्रयोगकर्ताको वाषिर्क औसत वृद्धिदर ५ प्रतिशत भन्दा बढि रहेको छ ।

यसको दुरुपयोग तथा अवैध ओसारपसारले सामाजिक अपराध बढाउनुका साथै समाजमा नकारात्मक प्रभाव पार्दै आइरहेको छ । विश्वमै लागु औषध सेवन गर्ने युवा युवती र किशोर किशोरीहरुको संख्या बढ्दै जानु ठूलो चिन्ताको विषय रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।