२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


मेलम्ची खाेलाले ३ तले घर बगायाे


0
Shares

काठमाडौं । इन्द्रावती नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एउटा घर बगाएको छ ।

शनिबार बिहान आएको बाढीले मेलम्ची–११ का महेन्द्र दुलालको तीन तले घर बगाएको हो । यसअघि आएको बाढीबाट जोगिएको घर निरन्तरको वर्षा र कटानका कारण बिहान बगाएको हो ।

बाढीको जोखिमका कारण दुलाल परिवार यसअघि नै घर छाडेर सुरक्षित स्थानमा सरिसकेकाले मानवीय क्षति हुन पाए । बाढीमा परी असार १ गतेदेखि हेलम्बु र मेलम्चीमा गरी अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । कैयौं बेपत्ता भएका छन् ।

बाढीका कारण ४ सय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।