
रौतहट । रौतहटको परोहा नगरपालिकामा आज विहान चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ ।
घर बाहिर बसिरहेको अबस्थामा आज बिहान चट्याङ् लागेर परोहा नगरपालिका वडा नम्वर २ वेलविछुवा निबासी ३५ बर्षिय शेख जमसैदको मृत्यु् भएको हो ।
चट्याङ् लागेर घाईत भएका जमसैदलाई नजिकै रहेको शिवदर्शन हस्पिटल शुकदेव चौकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पछिल्लो दुई साता यता देखि रौतहटमा बर्षा भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्