
नवलपरासी । पश्चिम नवलपरासीम खेत रोप्न विभिन्न सीमावर्ती नाकाबाट छिरेका भारतीय श्रमिकलाई फिर्ता पठाइएको छ ।
सीमावर्ती नाकामा आउजाउमा रोक लगाइएपनि करिब २ हजार बढीको संख्यामा भारतीय श्रमिकहरु जिल्ला छिरेका थिए ।
ठूलो संख्यामा श्रमिकहरु छिरेसँगै नाकाको कडाई फितलो देखिएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहित शसस्त्र र नेपाल प्रहरीका जिल्ला प्रमुखहरुको टोली आफैं पुगेर उनीहरुको खोजी गरेका थिए ।
जिल्लाका विभिन्न ठाउँमा समुह बनाएर हिडिरहेका भारतीय श्रमिकहरुलाई नियन्त्रणमा लिएर उनीहरु जताबाट आएको हो त्यतै फकाईएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो ।
उनीहरुलाई फिर्ता पठाउन प्रहरीले गाडी र टेक्टरको व्यवस्था गरेर महेशपुरको नाकासम्म पु¥याएको थियो । अहिले नाकाबाट आउजाउँमा पुर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्