२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा फारम बुझाउने म्याद थप


0
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ रजिष्ट्रेशन र परीक्षा फारम बुझाउने मिति थप गरेको छ ।

कक्षा ११ र १२ को नियमित, आंशिक तथा ग्रेडवृद्धि परीक्षाको परीक्षा आवेदन फारम तथा शैक्षिक सत्र २०७७/७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन फाराम बुझाउने मिति थप गरेको हो ।

यसअघि बोर्डले चैत मसान्तसम्म फाराम भर्न समय तोकेको थियो । चैतभित्र फाराम बुझाउन नपाएकाहरूले असार २० गतेसम्म दोब्बर शुल्क तिरेर परीक्षा र रजिष्ट्रेशन फारम बुझाउन सक्नेछन् ।

परीक्षा आवेदन फारमका लागि १२ सय रुपैयाँ र रजिष्ट्रेशन फारामका लागि ८ सय रुपैयाँ तोकिएको राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।