
काठमाठौं । कोरोना महामारीको दोस्रो लहर बढेसँगै खेलकुद क्षेत्र शिथिल बन्यो । सरकारले निषेधाज्ञा केही खुकुलो बनाए पनि खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएको छैन । यद्यपि राष्ट्रिय खेलकुद परिषद्ले अन्र्राष्ट्रिय स्तरमा सहभागिता जनाउने खेललाई भने स्वास्थ सर्तकताका मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएको छ ।
अहिले केही खेलका खेलाडीले अभ्यास थालिसकेका छन् । महामारीलाई कारण बनाएर अब खेलकुद गतिविधि रोक्दा खेलाडीलाई स्वास्थ चिन्ताले सताउन थालेको छ । चलायमान हुनपर्ने खेलुकद गतिविधि सञ्चालन नहुँदा केही खेलाडीमा मानसिक तनाब पनि बढ्दो क्रममा छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश कुमार शिलवाल कोरोना महामारीको बहानामा खेलकुद गतिविधि रोक्नु उचित नहुने तर्क गर्नुभयो । उहाँले स्वास्थ्य मापदण्ड पालना गरेर खेलकुदलाई चयालयमान बनाउनुपर्नेमा जोड दिनुभयो । सिलवालसँग गरिएको कुराकानीको सम्पादित अंश
सरकारले अझै पनि खेलकुद क्षेत्रलाई खुल्ला नगरेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्ले आफ्ना गतिविधिलाई कसरी सञ्चालन गरिरहेको छ ?
खेलकुद चलायमान संस्था भएकाले चलायमान नै बनाउनुपर्छ । नेपाल सरकारले जमघट हुने स्थलको रूपमा खेलकुद गतविधि, शिक्षण संस्था, सिनेमा हल जस्ता स्थललाई रोक लागाएको छ । सबैभन्दा पछि, अन्तिममा खुल्ने भनेको खेलकुद, शिक्षण संस्था, पार्टी प्यालेस आदि हुन् ।
कोभिड १९ को सममा खेल क्षेत्र किन चलयामान हुनुपर्छ, खेलाडीहरु किन फिजिकल्ली, मेन्टल्ली फिट हुनुपर्छ । कोचहरु किन फिट हुनुपर्छ । खेलाडी र कोचलाई अभ्यास जरुरी भएकाले फुटबलका गतिविधि सञ्चालन गर्यौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु सम्पन्न भयो । क्रिकेटको गतिविधि पनि सञ्चालनमा आए । भलिबलले पनि गतिविधि सञ्चालन गर्यो ।
पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) पनि सम्पन्न भयो । खेलाडीको हकमा फ्रेन्चाइज प्रतियोगिताले धेरै सहयोग ग¥यो । अहिले हामी खेलकुद क्षेत्र र कोभिड–१९ को दोस्रो लहरबाट बच्न सरकारले जारी गरेका मापदण्ड दुवै विषयलाई सम्बोधन गर्ने लक्ष्यमा छौं ।
यो बिचमा नेपाल सुपर लिग किन गराएको भन्ने प्रश्न पनि आएको थियो । हामीले उक्त प्रतियोगिताका लागि अपनाउनु पर्ने मापदण्ड अपनाउँदै बन्द रंगशालामा सम्पन्न गर्यौं । लकडाउनका कारण घरमै बसेका दर्शकका लागि यो प्रतियोगिताले मनोरञ्जन दियो । अर्को पक्ष भनेको धेरै खेलाडीले आफ्नो प्रतिभा देखाउने मौका पाए । पारिश्रमिकको हिसाबमा पनि खेलाडी लाभान्वीत भए ।
अहिले हामीले केही–केही खेललाई चलायमान गराइसकेका छौं । जस्तै ओलम्पिकमा क्वालिफाइङमा परेका खेलाडीको अभ्यास सुचारु भइसकेको छ । त्यस्तै गरी फुटबल अभ्यासलाई पनि निरन्तरता दिएका छौं । एसियन भलिबल च्याम्पियसिपमा सहभागी हुने महिला भलिबलले पनि अभ्यास थालेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने प्रतियोगिताहरूका लागि अभ्यास सुचालु भइसकेको छ भने अन्यको हकमा अझै केही समय पर्खिनु पर्नेछ । अझै मासमा लग्नु हतार हुन्छ । क्रमशः हामी खुला वातारणमा अगाडि बढ्नुपर्छ । यसमा हामी संवेदनशील छौं ।
कोरोना महामारीको बीचमा क्यालेन्डरका प्रतियोगिता प्रभावित भएका छन् । ती प्रतियोगिता सञ्चालन गरिन्छ कि गरिँदैन ?
खेलकुद प्रतियोगिता सञ्चालन गर्नु परिषदको मात्र दायित्व होइन । संघहरूको मात्र दायित्व पनि होइन् । नागरिकको चासोको विषय बन्नुपर्छ । तीनै तहको सरकारले खेलकुदलाई चासोका साथ हेर्नुपर्छ । आयोजक संस्थाहरूको पनि चासोको विषय बन्नुपर्छ । यो वर्ष करिब ८ देखि १० वटा खेलको फ्रेन्चाइच प्रतियोगिता हुँदैछन् ।
लगानीकर्ताले लगानी गर्नुको उदेश्य आर्थिक हिसाबमा मात्र हुँदैनन् । केहीले प्रचारका लागि लगानी गरेका हुन्छन् । यस्ता प्रतियोगिता दर्शकविना सञ्चालन गर्न सहज हुँदैन । यही अवस्थाले गर्दा केही समय ‘वेट एन्ड सी’ भन्ने अवस्थामा आयोजक बस्नुभएको छ । कोरोनाको महामारी केही मत्थर भएर सहज हुने अवस्था भयो भने महिला फुटबलको, भलिबलको, ब्याडमिन्टन, टेबल टेनिस, कबड्डी, क्रिकेटको फ्रेन्चाईज प्रतियोगिता हुँदैछ ।
बर्षाद्को समय भएकाले सहज छैन । यस्ता प्रतियोगिता बर्षाद् सकिएसँगै आयोजना हुन्छन् । कर्भडहलमा आयोजना हुने इन्डोर खेलका केही प्रतियोगिता छन् । यस्ताका लागि पनि दर्शक चाहिन्छ नै । अहिले मेची महाकाली स्तरमा प्रतियोगिता सञ्चालन गर्न कोभिडको महामारी छ । यद्यपि छिट्टै गतिविधि सञ्चालन गर्न हामी आतुर छौं । सहज वातावरण भए क्यालेन्डरका प्रतियोगिता सम्पन्न हुन्छन् ।
नवांै रािष्ट्रय खेलकुद पोखरामा आयोजना हुँदैछ । छनोट प्रतियोगितादेखि अन्य भौतिक पूर्वाधार निर्माण, मिति तय गर्ने जस्ता विषयमा राखेपले के तयारी गरेको छ ?
हामीले नवौं राष्ट्रिय खेलकुद फागुनमा गर्ने लक्ष्य राखेका छौं । अझै सम्म पनि मिति किन नतोकिएको भन्ने प्रश्न आउँला । अहिले हामी देशेको परिस्थिति हेरिरहेका छौं । मंसिरमा चुनाव छ । चुनाव हुने अवस्था रह्यो भने सोही अनुसार क्यालेन्डर बनाउनुपर्छ । कम्तीमा पनि हामीले सेलेक्सन प्रतियोगिता गर्न तीन महिना अवधि दिनुपर्छ । गरिस् भन्दा गरेँ भन्ने जस्तो बनाउनु हुँदैन ।
खेलाडीलाई सूचना दिनुप¥यो । स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा छनोट हुनुप¥यो । यो बीचमा पर्याप्त समय दिनुपर्छ । जसले गर्दा राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा प्रतिस्पर्धात्मक बन्छ । प्रशिक्षकलाई पनि समय चाहिन्छ । हाम्रो सोच फागुनमा गर्ने छ । त्यसका लागि अवस्था नियाल्नु पर्नेछ ।
फागुनमा गर्ने विषयमा कोभिड महामारीको विषय छ । कोभिडका कारण अघिल्लो साल हुन सकेन । अझै यो वर्ष राष्ट्रिय चुनाव घोषणा भएको छ । सर्वोच्च अदालतमा मुद्दा पनि छ । स्थानीय चुनाव पनि यसै वर्ष छ । स्थानीय चुनावको मितिसँग पनि हामीले राष्ट्रिय खेलकुदको मिति जुधाउनु हुँदैन । यी दुवै पक्षलाई दृष्टिगत गर्दै अगाडि बढाउने सोचमा छौँ ।
अघिल्लो बर्षको तुलनामा यो वर्ष बजेट केही बढेर आएको छ । पर्याप्त हुन्छ ?
लगानीविना प्रतिफल सम्भव छैन । पोहोरको भन्दा केही बढेको अवश्य हो । हामीले गरेका काममा सरकारले बजेट रोकेको छैन । थप कार्यक्रममा भए थप बजेट उपलब्ध गराएर पनि प्रतियोगिता भएका छन् । १३ औं सागको आयोजना गर्दा अर्थमन्त्रालयबाट नै बजेट छुट्टिएको थियो । अहिले पनि नवौ राष्ट्रिय खेलकुदका लागि छुट्टयाइएको बजेट अपुग छ ।
आवश्यक परे बजेट निकास गर्छौ भनेर सरकारले आश्वासन दिएको छ । १४औं सागको मिति आइसक्यो । पाकिस्तानमा हुने भनिए पनि आधिकारिक निमन्त्रणा आएको छैन । यस्ता कार्यक्रममा बजेट उपलब्ध गराउँछौ भन्ने आश्वासन पाएका छौँ । मेरो विचारमा बजेट नपाइएला भन्ने चिन्ता हुँदैन कि ?
कोरोना महामारी अझै सकिएको छैन । कार्यभार सम्हालेको पनि झन्डै १ वर्ष हुनलाग्यो, खेलकुद गतिविधि अगाडि बढाउन तपाईंको कस्तो योजना थियो? कार्यप्रगतिबाट सन्तुष्ट हुनुहुन्छ ?
उत्तर ः यस अघि पनि भनी सकेँ मैले । हामीले दुबै पक्षलाई ध्यान दिनुपर्छ । सरकारले दिएको निर्देशन पालना गर्नुपर्छ । नगर भनेको गर्नुहुँदैछ । महामारीको समयमा हामीले सीमित प्रतियोगिता गर्न अनुमति दिएका छौँ, त्यो पनि दर्शक विना । सबै जिल्लामा जिल्ला अनुसारको लकडाउनको अवस्था छ ।
खेलकुद परिषद्ले सबै जिल्लामा, प्रदेशमा सर्कुलर गरेर लकडाउनको प्रकृति हेरेर प्रशिक्षण र प्रतियोगिता आयोजना गर्न समन्वय गरेर अनुमति दिन भनेका छौं । उपलब्ध स्रोत र साधनको प्रयोग गरेर अभ्यासलाई निरन्तरता दिन भनेका छौं । जुमबाट पनि अभ्यास दिलाएका छौ । तर यो भौतिक रूपमा उपस्थित भएर गरे जस्तो प्रभावकारी भने हुँदैन ।
प्रतिक्रिया दिनुहोस्