१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पटक-पटकको धोका र चालबाजीले वाक्क दिक्क भइसक्यौँ– माधवकुमार नेपाल


0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पटक–पटकको धोका र चालबाजीले आफूहरू केपी ओलीबाट वाक्क दिक्क भएको बताउनुभएको छ ।

शनिबार विपक्षी गठबन्धनले आयोजaना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले केपी ओली प्रवृत्तिले आफूहरू वाक्क दिक्क भएको बताउनुभयो । नेकपा एमालेबाट नेकपा हुँदै फेरि एमाले हुँदासम्म पनि केपी ओलीले श्वेच्छाचारी प्रवृत्ति देखाएको उहाँको आरोप छ ।

नेता नेपालले सर्वोच्च अदालतमा दर्ता गरेको हस्ताक्षर फिर्ताको विषयका विचार नहुने बताउनुभयो । संविधानको धारा ७६(५)मा दलिय व्यवस्था नभइ सांसद्लाई जिम्मेवारी दिएको उहाँको तर्क छ ।