१७ फाल्गुन २०८१, शनिबार | Sun Mar 2 2025


भरुवा बन्दुक सहित तेह्रथुमबाट तीन जना प्रक्राउ


0
Shares

तेह्रथुम । रातोपाटी भुल्केबाट तीन नाल भरुवा बन्दुक सहित तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालीगुराँस नगरपालिका–१ रातोपाटीबाट ३६ वर्षीय रामबहादुर गुरुङ, ३५ वर्षीय मनोज गुरुङ र २४ वर्षीय प्रेम गुरुङ रहेका छन् । उनीहरूलाई शुक्रबार साँझ लसुने प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ ।

तीनै जना थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बसन्तपुर ल्याइएको छ । गस्तीमा रहेको प्रहरीसँग जम्काभेट भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।