२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सही गरिसक्या छ, मान्दैनन्, अब मैले के गरौँ– अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले गरेका सहमति कार्यान्वयन नगर्दा देश गम्भीर अवस्थामा पुगेको बताउनुभएको छ ।

शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी एकता भएको अवस्थामा केपी ओलीले सम्झौता कार्यान्वयन नगरेको बताउनुभयो ।

‘केपी ओलीसँग लचक भएर सम्झौतामा अडिग नहुनु मेरो कमजोरी हो,’ उहाँले भन्नुभयो, ‘मेरो मन अलि उदार र कमलो छ, भर्खरै एकता भाको पार्टीमा किन झगडा निम्त्याउनु भनेर मैले छाडिदिएको हो ।’

सम्झौतामा हस्ताक्षर गरेको विषय केपी ओली मान्न तयार नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्झौतामा सही गरिसकेको छ,’ उहाँले भन्नुभयो, ‘मान्दैनन्, अब मैले के गरौँ ?’