१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२०१६ कोभिड संक्रमित थपिँदा ३० जनाको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका २ हजार १६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा पीसीआर र एन्टिजेन गरी ९ हजार ५ सय १० जनामा गरिएको परीक्षणमा २१ प्रतिशत बढीमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंका १ सय ८१, भक्तपुरका २५ र ललितपुरका ४३ जनामा संक्रमण पुष्टि हुँदा अहिलेसम्मको कोभिड संक्रमितको संख्या ६ लाख ३२ हजार ३ सय २६ पुगेको छ ।

यस्तै, यस अवधिमा ४ हजार ९ सय १४ संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भएर निको हुनेको कूल संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगको छ । अहिले निकोहुने दर करिब ९२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु भएसँगै नेपालभर ज्यान गुमाउनेको कूल संख्या ८ हजार ९ सय ७५ पुगेको छ । मृत्युदर डेढ प्रतिशत रहेको जनाइएको छ । हाल कोरोनाका सक्रिय संक्रमित ४२ हजार २४ रहेका छन् ।