
केशव कोइराला
बर्दिया । हुलाकी राजमार्गअन्तर्गत बर्दिया–कैलाली जोड्ने कर्णाली सत्तीघाट पुलको तटबन्ध भासिँदा सर्वसाधारणलाई पुल प्रयोगमा रोक लगाइएको छ ।
शनिबार दिउँसो परेको पानीले सत्तीघाट पुलको बर्दिया तर्फको तटबन्ध भासिदा प्रयोगमा रोक लगाइएको हो । तटबन्ध भासिँदा आउजाउमा समस्या भएको छ । पुल सञ्चालनका लागि हुलाकी राजमार्ग आयोजनाका प्रतिनिधिलाई बोलाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो ।
विगतका वर्षहरूमा पुलको किनारामा नदीले कटान गरेपछि उच्चस्तरीय टोलीले बर्दियातर्फ एक स्पान थप्नुपर्ने निष्कर्ष निकालेको थियो । सत्तीघाट पुल प्रयोगमा रोक लगाइएपछि दौलतपुर घाटमा रहेको स्टीमर प्रयोग गरी बर्दिया र कैलाली आवतजावत गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्