३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


निजी क्षेत्रको आक्रोश, ‘खोप अभियानलाई तीव्रता दिनुस्, घरभित्र थुन्नुमात्र समाधान होइन’


0
Shares

काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले सरकारले खोप अभियानलाई तीव्रता नदिए मुलुकको अर्थतन्त्र धरासाही हुने चेतावनी दिएका छन् । सरकारले घरभित्र मात्रै थुनेर समस्या समाधान नहुने भएकोले भ्याक्सिनमा केन्द्रित हुन उनीहरुले आग्रह गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय उद्योग तथा व्यापार विभागले हालै गरेको भर्चुअल अन्तरक्रियामा सहभागी उद्योगी व्यवसायीले पनि सरकार भ्याक्सिनमा केन्द्रित नहुनुले मुलुको अर्थतन्त्र समस्यमा जाने बताएका हुन् ।

उद्योपति विनोद चौधरीले सरकार भ्याक्सिन ल्याउन गम्भीर नदेखिनुले आशंका उत्पन्न भएको बताउनुभयो । बजेट समेत ‘छुट्याउने तर विचौलिया राखेर भ्याक्सिनमा चलखेल गर्नु दुर्भाग्यपूर्ण भएको चौधरीले टिप्पणी गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महांसघका अध्यक्ष शेखर गोल्छाले सरकारले चाँडोभन्दा चाँडो खोप ल्याएर जनजीवन सहज नबनाउने हो भने मुलुकको अर्थतन्त्रमा संकट आउने बताउनुभयो । कोभिड–१९ को समस्यामा समेत निजी क्षेत्रले आपूर्ति व्यवस्थालाई सहज बनाइरहेको तर राज्यले गर्नुपर्ने काम भने नगरेको गोल्छाको आरोप छ ।