
एजेन्सी । कोलम्बियाका राष्ट्रपति इवान ड्यूक सवार हेलिकप्टरमा आक्रमण भएको छ । भेनेजुएलाको सीमा नजिक उडान भर्ने क्रममा हेलिकप्टरमाथि गोली प्रहार गरिएको हो ।
राष्ट्रपति ड्यूक, रक्षामन्त्री र आन्तरिक मामिला मन्त्रीसँग नर्टे डे सेन्टाडेर प्रान्तका लागि यात्रा गर्ने क्रममा आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणमा सबै सकुशल रहेको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् ।
राष्ट्रपति ड्यूकले आक्रमणलाई कायरताको संज्ञा दिँदै आफू हिंसा वा आतंकी हमलाबाट नडराउने प्रतिक्रिया दिनुभएको छ । उहाँले यस हमलामा संलग्नलाई पहिचान गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको छ ।
राष्ट्रपतिमाथि हमला भएको क्षेत्रमा देशको सबैभन्दा ठूलो विद्रोही समूह नेशनल लिब्रेसन आर्मी (ईएलएन) चरमपन्थीहरू सक्रिय रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्