
एजेन्सी । कोरोना संक्रमणको वृद्धिदर उच्च हुँदै गएपछि बंगलादेशमा भोलीदेखि कडा खालको लकडाउन हुने भएको छ ।
बंगलादेशको सरकारले भोलीदेखि लागु हुने गरी एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको हो ।
बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औधोगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् ।
लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहनेछन् । लकडाउन उलंघन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।
पछिल्लो समय बंगलादेशमा मास्क प्रयोग गर्नमा लापरवाही गर्नुका साथै सभा र सेमिनारहरु आयोजना गरिने क्रम नरोकिएकोले पनि लकडाउन गर्नुपर्ने बाध्यता रहेको बंगलादेश सरकारले जनाएको छ ।
बंगलादेशमा हालसम्म ८ लाख ८३ हजार कोरोना संक्रमित छन् भने कारोनाका कारण १५ हजार बढीको मृत्यु भइसकेको छ ।
त्यहाँ पछिल्लो समय हरेक दिन सय भन्दा बढीको मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्