१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जिसस मकवानपुरकी सदस्य स्याङ्तानको निधन


0
Shares

हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी सदस्य सानुकान्छी स्याङ्तानको निधन भएको छ ।

कोभिड–१९ संक्रमित भई अस्वस्थ हुनुभएकी स्याङ्तानको आइतबार बिहान साढे ४ बजेको समयमा राक्सिराङ गाउँपालिका–३, सरिखेतस्थित घरमै उहाँको निधन भएको हो ।

कोभिड–१९ संक्रमित हुनुभएपछि राक्सिराङको चैनपुरस्थित आइसोलेसन वार्डमा उपचार गराइरहनुभएकी स्याङ्तानको स्वास्थ्यमा समस्या भएपछि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

हेटौंडा अस्पतालमा पनि केही दिनको उपचारपछि स्वास्थ्यमा जटिलता भएसँगै थप उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

केहीदिन अघि नै कोभिड–१९ संक्रमणमुक्त हुनुभएपनि कोभिड–१९ कै कारण निमोनियाबाट गम्भीर रुपमा प्रभावित हुनुभएको भनी परिवारका सदस्यले जानकारी दिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

दमसम्बन्धी स्वास्थ्य समस्या भएकोले पनि कोभिड–१९ संक्रमणले स्वास्थ्य अवस्था जटिल भएको बताइएको छ ।

नेकपा एमालेबाट उम्मेदवारी दिनु भई राक्सिराङ गाउँपालिका–३ बाट वडा सदस्य निर्वाचित हुनुभएकी स्याङ्तान जिल्ला समन्वय समिति सदस्य निर्वाचित हुनुभएको हो ।