३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


छत्रदेव गाउँपालिकाले दियो २ सय ५१ परिवारलाई पानी ट्याङ्की


65
Shares

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निशुल्क पानी टंकी वितरण गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ को वडा कार्यालयमा पानीको समस्या रहेको क्षेत्रमा तत्कालको लागि सहजहोस भनेर आर्थिक बर्ष ०७७/०७८ कार्यक्रम अनुसार २ सय ५१ जना लाई ५ सय लिटरको निशुल्क हिल टंकी वितरण गरिएको गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिनुभयो ।

यसले कुवाको पानी बोकेर घरमा ल्याएर राख्नको लागि सहज हुने र तरकारी खेती गर्नको लागि केही भएपनि सहज हुने स्थानीयको भनाई छ ।

यस्तै आर्थिक वर्ष २०७८/२०७९को बजेटमा गाउँपालिकाले एक घर एक धारा अभियान भनेर बजेटमा समावेश गरेको छ ।

जसअन्तर्गत लिफ्टिङ खानेपानीको ३३ प्रतिशत विद्युत् महसुल गाउँपालिकाले तिरिदिने प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो ।