
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निशुल्क पानी ट्याङ्की वितरण गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ५ को वडा कार्यालयमा पानीको समस्या रहेको क्षेत्रमा तत्कालको लागि सहजहोस भनेर आर्थिक बर्ष ०७७/०७८ कार्यक्रम अनुसार २ सय ५१ जना लाई ५ सय लिटरको निशुल्क हिल ट्याङ्की वितरण गरिएको गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिनुभयो ।
यसले कुवाको पानी बोकेर घरमा ल्याएर राख्नको लागि सहज हुने र तरकारी खेती गर्नको लागि केही भएपनि सहज हुने स्थानीयको भनाई छ । यस्तै आर्थिक वर्ष २०७८/२०७९को बजेटमा गाउँपालिकाले एक घर एक धारा अभियान भनेर बजेटमा समावेश गरेको छ ।
जसअन्तर्गत लिफ्टिङ खानेपानीको ३३ प्रतिशत विद्युत् महसुल गाउँपालिकाले तिरिदिने प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्