१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पोर्चुगललाई हराउँदै बेल्जीयम युरोकपको क्वाटरफाईनलमा


0
Shares

एजेन्सी । साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जीयम युरोकप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा बेल्जीयम १–० ले विजयी भयो । उपाधि दावेदार पोर्चुगलविरुद्धको खेलमा अर्को दावेदार बेल्जीयमलाई विजयी गराउन थोर्गन हाजार्डले ४२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

हारसँगै पोर्चुगल प्रतियागिताबाट बाहिरिंदा बेल्जीयमको गोल्डेन जेनेरेसन मानिएको टोली क्वाटरफाईनलमा पुगेको छ ।

क्वाटरफाईनलमा अब बेल्जीयमले बलियो प्रतिद्धन्दी इटालीसँग खेल्नेछ । गएराती नैं भएको अर्को खेलमा नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लीक पनि क्वाटरफाईनलमा पुगेको छ ।

खेलमा चेक रिपब्लीकलाई विजयी गराउन टामस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे । जितसँगै चेक रिपब्लीकले डेनमार्कसँगको क्वाटरफाईनल भिडन्त तय गरेको छ ।

युरोकप फुटबलमा आज पनि राउण्ड अफ सिक्सटिनका दुई खेल हुनेछन् ।

नेपाली समय अनुसार राती पौने १० बजे डेनमार्कको कोपन हेगनमा हुने खेलमा क्रोएसिया र स्पेन भिड्दा राती पौने १ बजे रोमानियाको बुकारेष्टमा विश्व विजेता फ्रान्सले स्विट्जरल्याण्डसँग खेल्नेछ ।