१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोपा अमेरिकाः ब्राजिल र इक्वेडर बराबरीमा


0
Shares

एजेन्सी । कोपा अमेरिका फुटबलमा ब्राजिललाई इक्वेडरले बराबरीमा रोकेको छ ।

ब्राजिलको गोयानियामा आज बिहान सम्पन्न खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको ३७ औं मिनेटमा इडर मिलिताओले गोल गर्दै ब्राजिललाई अग्रता दिए । तर ५३ औं मिनेटमा इक्वेडरका एन्जल मिनाले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

बराबरीसँगै ब्राजिलको १० खेल लामो विजयी श्रृंखला तोडिएको छ । तर पनि ब्राजिल कोपा अमेरिकाको समुह ‘बि’ मा शिर्ष स्थानमा रहन सफल भयो ।

४ खेलबाट उसको १० अंक भएको छ । समान खेलबाट ७ अंक जोडेको पेरु, ४ अंक जोडेको कोलम्बिया र ३ अंक जोडेको इक्वेडर पनि क्वाटफईनलमा प्रवेश गरेका छन् ।

समुहका ४ खेलबाट २ अंक मात्रै जोडेको भेनेजुएला भने बाहिरएको छ ।