
एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा बिद्रोही समुहका २१ जना लडाकुलाई मृत्युदण्ड दिइएको छ ।
बिद्रोही समुह अल सबाबका सदश्य रहेको प्रमाणित भएपछि एउटा सैनिक अदालतले उनीहलाई मृत्युदण्डको सजाय सनाएको थियो ।
सोमालियाको अर्ध स्वायत्त पन्टल्याण्ड राज्यमा उक साथ गोली हानेर उनीहरुलाई मृत्युदण्ड दिइएको हो ।
मृत्यु दण्ड दिइएकामध्ये १८ जना दशकौदेखि बम हमला र आतंकबादी हमलामा आबद्ध भएको सोमालियाली सरकारले जनाएको छ । सोमालियाको इतिहासमा कठोर सजायँ दिइएको यो नै पहिलो पटक हो ।
उनीहरुको मृत्युदण्डको सजायँ दिने तयारी गरिरहंदा बिद्रोही समुह अल सबाबले सोमालियाको अन्य शहरहरुमा आतंकबादी हमला गर्दा कयौं सैनिक मारिएका छन् ।
प्रतिक्रिया दिनुहोस्