१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


कोरोना अपडेट : एकै दिनमा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि


0
Shares

काठमाडौं । नेपालमा हिजो १ हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ४ सय २४ जना संक्रमित थपिएका हुन् ।

काठमाण्डौं २ सय ९१, भक्तपुरमा ३२ र ललितपुरमा १ सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार यो अवधिमा ३ हजार ७ जना संक्रमणबाट मुक्त भएका छन् ।

यस्तै गएको २४ घण्टामा थप ३४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ९ पुगेको छ । अहिले देशभर ४० हजार तीन सय ३६ जना सक्रिय सङ्क्रमित छन् ।