
एजेन्सी । कोलोम्बियामा भएको श्रृंखलाबद्ध आक्रमणमा ४ प्रहरी अधिकारी सहित ९ जना मारिएका छन् ।
कोलोम्बियाको प्यालिटियास शहरमा एक बन्दुकधारीले आक्रमण गर्दा छुट्टीमा रहेका ३ जना प्रहरी अधिकारी मारिएका हुन् ।
कोलोम्बियाकै अर्को शहर सान भिसेन्टेमा भएको आक्रमणमा पाँच जना मारिएका हुन् ।
यसैगरी काली शहरको आवासिय क्षेत्रमा हतियारधारी समुहको आक्रमणमा परि अर्का एक जना प्रहरी अधिकारी मारिएका छन् ।
लेटिन अमेरिकी मुलुक कोलम्बियामा विगत केही समयदेखि सुरक्षामा चुनौती थमिएको छ ।
देशका विभिन्न भागमा अज्ञात हतियारधारी एवं सरकार विरोधी समुहले आक्रमण गरिरहेका छन् ।
गत शुक्रवार भेनेजुएलासँगको सिमा नजिक कोलम्बियाका राष्ट्रपति इभाँ डुके सवार हेलीकप्टरमा पनि अज्ञात बन्दुकधारीहरुले गोली प्रहार गरेका थिए ।
कोलम्बियामा सशष्त्र विद्रोहीसंग सन् २०१६ मा शान्ति सम्झौता भएपनि शान्ति प्रक्रियामा आउन नचाहेका विद्रोहीहरुले पछिल्लो सयम आक्रमण गरिरहेको आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्