१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापा र कमल गाउँपालिकाले जनताको विद्युत् शुल्क तिरिदिने


0
Shares

काठमाडौं । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् ।

कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८र०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् ।

झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताउनुभयो ।

उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट २० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।