
प्युठान । अज्ञात समुहको आक्रमणबाट प्यूठानमा एक जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका–१० पातिहाल्ना कोटका २४ बर्षिय हेमन्त पुनमगरको मृत्यु भएको हो ।
आक्रमणमा अन्य एक जना घाइते भएका छन् । घाइते हुनेमा प्यूठान नगरपालिका–१० पातिहाल्ना कोटका २४ वर्षका सुरेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
आइतबार नेपाने दिदीको घरमा काम गर्न आएका दुइ युवालाइ घर फर्कने क्रममा अज्ञात समूहले हत्या गरेको स्थानीयले बताएका छन् ।
राति करिब ८ बजेको समयमा अज्ञात समूहले छोरोका हत्या गरेको मृतकका बुबा गोर बहादुर पुन मगरले बताउनुभयो । हत्याराको पहिचान नभएसम्म शव नउठाउने आफन्तले अडान लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्