
काठमाडौं । काठमाडाैं उपत्यकामा मंगलबार(भाेलि)देखि जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन दिइने भएकाे छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको साेमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड पालन गरेर जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको हाे ।
व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउन दिइने काठमाडाैं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयाे ।
बैठकले काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय पनि गरेकाे छ । लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन । सबै किसिमका पसल बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ ।
काठमाडौं उपत्यकाको पछिल्लो साता जारी गरिएको निषेधाज्ञा साेमबार राति १२ बजेदेखि सकिँदैछ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
प्रतिक्रिया दिनुहोस्