
तस्विर फाइल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनले संघीय संसद् भवन प्रयोग गरेकोमा आपत्ति जनाउनुभएको छ । सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सभामुले कानुनभन्दा नाघेको आरोप लगाउनुभएको छ ।
‘संसद भवनलाइ संसदीय क्रियाकलापबाहेक अरु कुराका लागि प्रयोग गर्न दिइँदैन’ उहाँले भन्नुभयो, ‘तथाकथित बुद्धिजिवी भेला, तथाकथित पत्रकार सम्मेलनजस्ता बकवासी क्रियाकलाप गर्नका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसदले भाडामा लिएको हो ? यस्तै गर्ने हो भने अरुले किन नपाउने ?’
उहाँले थप्नुभयो, ‘प्रचण्डका कार्यकर्ता सभामुख हुनेबित्तिकै, प्रचण्डले जे भन्यो त्यो कानुनभन्दा माथि हुने ?’
प्रतिक्रिया दिनुहोस्