२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘कांग्रेस कार्यकर्ता भइसकेका माधव नेपालले कार्यकर्ता अल्मल्याउन मदन भण्डारीको बारेमा विज्ञप्ति निकाले’


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल कांग्रेसका कार्यकर्ता भएर मदन भण्डारीको विज्ञप्ति निकालेको टिप्पणी गर्नुभएको छ ।

सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल नेपाली कांग्रेसको कार्यकर्ता भइसके पनि आफूपक्षीय केही कार्यकर्तालाई थामथुम पार्न मदन भण्डारीको विषयमा विज्ञप्ति निकालेको टिप्पणी गर्नुभयो ।

‘माधव नेपालले मदन भण्डारीलाई कहिले पनि सम्झनुनपर्ने, यसपटक चाहिँ वक्तव्य दिनुपर्ने सम्झिएजस्तो गरेर किनभने कार्यकर्ता अल्मल्याउनु छ,’ उहाँले भन्नुभयो, ‘उनी कांग्रेसको कार्यकर्ता भएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गइसकेपछि पनि आफू एमाले नै हुँ भन्छन् ।’

नेपालले मदन भण्डारीको राम्रा कुराहरूको मात्र चर्चा गर्न नहुने भन्दै नराम्रा कुराहरूको पनि खोज गर्नुपर्ने बताएको ओलीको आरोप छ । माधव नेपाललाई भजनको चिनी हालेको मनपर्ने बताउँदै उहाँले कानमा चिनी हाल्नका लागि शेरबहादुर र प्रचण्डको पछि लागेको टिप्पणी गर्नुभयो ।