१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इरान समर्थित विद्रोहीमाथि अमेरिकाको हवाइ आक्रमण सुरु


0
Shares

एजेन्सी । इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि लक्षित गर्दै अमेरिकाले हवाइ आक्रमण सुरु गरेको छ ।

अमेरिकी फौजमाथि विद्रोहीले गरेको ड्रोन हमलाको जवाफ स्वरुप आक्रमण गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकी फौजमाथि विद्रोहीको ड्रोन हमलाको प्रत्युत्तरमा विद्रोहीद्वारा सञ्चालित केन्द्रहरूमा हमला गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले इरान समर्थित विद्रोहीमाथि आक्रमण गर्न स्वीकृति दिएको यो दोस्रो पटक हो । इरानमा रहेका अमेरिकी सेनामाथि गत महिना केही ड्रोन आक्रमण भएका थिए । यद्यपि इरानले भने ती आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरिरहेको छ ।

अमेरिकाले हमलामा के कति मानविय क्षति भयो भन्ने बताएको छैन । तर सिरियामा अमेरिकी युद्धक विमानको एउटा आक्रमणमा पाँच विद्रोही मारिएको र अन्य केही घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।