
अर्घाखाँची । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय अर्घाखाँचीले जिल्लाका ६ स्थानीय तहमा २६ हजार विरुपा रोपेको छ ।
कार्यालयले टिमुर ११ हजार, तेजपात ८ हजार, चिउरी १६ सय, चाप १६ सय र अन्य डालेघाँसका विरुवा रोपेको डिभिजन वनका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहनप्रसाद श्रेष्ठ, स्थानीय विभिन्न संस्था, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्यार्थीको सहभागीता थियो ।
प्रतिक्रिया दिनुहोस्