१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अमेरिकी सेना र विद्रोहीबीच सिरियामा गोली हानाहान


0
Shares

एजेन्सी । इरान समर्थित सशस्त्र समूहले पूर्वी सिरियामा अमेरिकी नेतृत्वको गठबन्धन सेनाबीच गोली हानाहान भएको छ ।

गठबन्धनका प्रवक्ता कर्णेल बेन मारोटोले अमेरिकी सेनाले रकेट आक्रमण गरेको दावी गर्नुभएको छ । तर घटनामा मानवीय क्षति भने नभएको अलजजिराले उल्लेख गरेको छ ।

सिरियाली मानवअधिकार सम्बन्धी संस्था इरान समर्थित सशस्त्र समूहले पस्र्वी सिरियाको अल–उमर तेल क्षेत्रमा अमेरिकी सैन्य क्याम्पहरुमा पनि गोली प्रहार भएको बताएका छन् ।

दुवै पक्षमा मानवीय क्षति भने नभएको समाचारमा जनाइएको छ । सिरियाको समाचार संस्था सानाले अल ओमरको तेल भण्डारण क्षेत्र नजिकै रहेको सैनिक क्याम्पर्लाइ लक्षित गरेर आक्रमण भएको भएको जनाएको छ ।

विद्रोहीको आक्रमणपछि अमेरिकी सेनाले जवाफी कारवाही सञ्चालन गर्न सक्ने भन्दै सर्वसाधारण त्रसित भएको बताइएको छ । तर अमेरिकी सेनाले भने विद्रोहीविरुद्ध थप कारवाही गर्नेबारे स्पष्ट पारेका छैन ।