
काठमाडौं । दुई महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सीमित क्षमतामा हवाई उडान सञ्चालन गर्न अनुमति दिएपछि हवाई सेवा पुनः सञ्चालनमा आउन लागेको हो ।
कोरोना महामारी बढ्दै गएपछि सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक हवाई उडान सेवा स्थगित गरेको थियो ।
कोरोना संक्रमितको संख्या घट्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खकुलो बनाएसँगै सरकारले आन्तरिक हवाई उडान पनि सुचारु गर्न अनुमति दिएको हो ।
बिहीबारदेखि सेवा सञ्चालन गर्ने भएपछि हवाई सेवा प्रदायकहरुले टिकट बुकिङ थालेको जनाएका छन् ।
हवाई उडानमा पनि क्षमतको आधा संख्यामा मात्र यात्रु राख्न प्राधिकरणले अनुमति दिएको छ ।
विमान सञ्चालकहरुले भने पूर्ण क्षमतामा सेवा सञ्चालन नगर्दा दैनिक खर्च धान्न समस्या हुने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्