१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई महिनापछि आजदेखि काठमाडौंमा सार्वजनिक यातायात चल्याे, स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।

दुई महिनाको निषेधाज्ञापछि आजदेखि सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन हुन लागेको हो ।

तर २५ सीटभन्दा बढी क्षमताका बस मात्र बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

कारोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत वैशाख १६ निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेका हुन् ।

उपत्यकाभित्र निषेधाज्ञा भने एक साताका लागि थप गरिएको छ ।यसअघिदेखि नै निजी सवारी साधन पनि जोर–बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन् ।

तर लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन । सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएका छन् ।