२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बर्दियामा एक साता निषेधाज्ञा थपियो


0
Shares

बर्दिया । बर्दियामा जारी निषेधाज्ञा एक साता थपिएको छ । असार १४ गते सम्म जारी निषेधाज्ञा असार २१ गते सम्मका लागि थप गरिएको छ ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले असार २१ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो ।

यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ बजे देखि दिउँसो २ बजे सम्म सन्चालन गर्न पाइने छ ।

विद्यालय, पार्लर, सैलुन, रेष्टुरेन्ट, जिमखाना सहितका अलि बढी भिँडभाँड हुने पसलहरु भने खोल्न पाइने छैन ।

बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जानकारी दिनुभयो ।

यस्तै निजी सवारी साधनहरु अत्यावश्यक भएमा सोही समयमा गुडाउन पाइने जनाईएको छ ।