७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


शेयरबजारमा दोहारो अंकको गिरावट, निर्जीवन बीमा र विकास बैंकमा पहिरो !


0
Shares

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार ४७.५० अंकले घटेर २ हजार ८ सय २८ विन्दुमा झरेर थामिएको छ ।

यसदिन लघुवित्त समूह २६ अंकले बढ्दा अन्य समूह सबै समूहहरू घटेका छन् । निर्जीवन बीमामा सबैभन्दा ठूलो पहिरो गएर २ सय ५१ अंकले घट्दा, विकास बैंक १ सय ६७, जीवन बीमा १ सय ६६ र सहकारीमा ८७ अंकले घटेका छन् ।

मंगलबार ओरियन्टल होटलका लगानीकर्ताले ६ प्रतिशत कमाउँदा गुराँस लघुवित्तले ५ प्रतिशत र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतले कमाएका छन् । यस्तै प्रोग्रेसिभ फाइनान्स, हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र बेस्ट फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतसम्म गुमाएका छन् ।

यसदिन १ सय ८३ कम्पनीका १ करोड ४० लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजारको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।