
इलाम । खेतभन्दा सडक हिलाम्मे भएपछि जिल्लाका स्थानीयले असार १५ मा सडकमै धान रोपेर विरोध गरेका छन् ।
जिल्लाको माइजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका र रोङ गाउँपालिका क्षेत्रमा स्थानीयले विरोध स्वरूप सडकमा धान रोपेका हुन् ।
माइजोगमाईमा गाउँपालिकाको केन्द्र जोड्ने सडकमा धान रोप्दा सूर्योदय नगरपालिका क्षेत्र र रोङ गाउँपालिकामा पर्ने हर्कटे–धजे–निन्दा–काँकरभिट्टा सडकको विभिन्न ठाउँमा रोपाइँ गरेका हुन् ।
सडक स्तरोन्नत्तिका लागि वर्षेनी करोडौं बजेट खर्च भए पनि अहिलेसम्म सुधार हुन सकेको छैन । हिलोका कारण बेहाल भएको सडकमा छोटो दूरी पार गर्न घण्टौ लाग्ने गरेको छ ।
वर्षायाम सुरु भएपछि सडक निर्माण थालिने, निर्माणको काम अधुरै छाड्ने प्रवृत्तिले सडकमा गरिएको लगानी बालुवामा पानी झैँ भएको छ ।
प्रतिक्रिया दिनुहोस्