२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इंग्ल्याण्ड र युक्रेन क्वाटरफाईनलमा, जर्मनी युरोकपबाट बाहिरियो


0
Shares

एजेन्सी । जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आयरल्याण्डको डब्लीनमा गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा इंग्ल्ल्याण्ड २–० ले विजयी भयो ।

कठिन प्रतिद्धन्दी जर्मनी विरुद्ध इंग्ल्याण्डलाई विजयी गराउन राहिम स्टर्लीङ र ह्यारी केनले एक एक गोल गरे । हारसँगै जर्मनीको युरोकपको यात्रा प्रि क्वाटरफाईनलमै टुगिएको छ ।

इंग्ल्याण्डले अब क्वाटरफाईनलमा युक्रेनको सामना गर्नेछ । गएराति भएको खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ ले हराउँदै युक्रेन क्वाटरफाईनलमा पुगेको हो ।

खेलको निर्धारित समयमा युक्रेनका जिन्चेकोले पहिलो गोल गरेभने स्विडेनका एमिल फोर्सवर्गले बराबरी गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा युक्रेनका आर्तेम दोबिकले एक गोल गर्दै टोलीलाई क्वाटरफाईनलमा पु¥याए ।

गएरातिका खेलहरुपछि युरोकप फुटबलको क्वाटरफाईनल खेल तालिकाको टुंगो लागेको छ ।

शुक्रवार हुने क्वाटरफाईनलको पहिलो खेलमा स्विट्जरल्याण्ड र स्पेन भिड्दा सोही दिन इटालीले बेल्जीयमसँग खेल्नेछ ।

शनिवार चेक रिपब्लीक र डेनमार्क तथा इंग्ल्याण्ड र युक्रेनको खेल हुनेछ ।