
एजेन्सी । लेटिन अमेरिकी मुलुक भेनेजुएलामा कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ । भेनेजुएलाले छिमेकी मुलुक क्युबामा उत्पादन गरिएको अब्दला खोप प्रयोग गरेको हो ।
हालैमात्र भेनेजुएलाले क्युवाको स्वास्थ्य मन्त्रालयसँग एक करोड २० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको थियो । यो खोप आगामी चार महिनाभित्र भेनेजुएलालाई उपलब्ध गराइने क्युबाली अधिकारीहरुले बताएका छन् ।
दुई देशबीच भएको यो सम्झौताबाट करिब ४० लाख भेनेजुएलाका नागरिकलाई खोप दिन पुग्ने भेनेजुएला सरकारको दाबी छ । तीन डोज मात्रा लगाउनु पर्ने यो खोप पहिलो चरणमा ३० लाख डोज भेनेजुएला आइपुगेको छ ।
यसबाट १० लाख व्यक्तिलाई खोप दिन सकिने बताइएको छ । क्लिनिकल परीक्षणमा अब्दला खोपले नयाँ भेरिएन्ट समेतमा काम गर्ने पाईएको छ ।
यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको क्युबाको दाबी छ । भेनेजुएलामा अहिलेसम्म २ लाख ७० हजारमा कोरोना संक्रमण भएको छ भने ३ हजार ८४ बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्