१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


समयमै वर्षा हुँदा २७ प्रतिशत रोपाइँ सकियो, कर्णालीमा मात्र ६२ प्रतिशत रोपाइँ सम्पन्न


0
Shares

काठमाडौं । समयमै वर्षा भएकाले यस वर्ष देशभर २७ प्रतिशत धान रोपाइँ सकिएको छ । १५ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ३ लाख ७१ हजार हेक्टरमा धान रोपाइँ भएको हो ।

यस वर्ष सबै भन्दा बढी कर्णाली प्रदेशमा ६२ प्रतिशत रोपाई सकिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ४८ प्रतीशत, लुम्बिनीमा ४६ प्रतिशत, बागमतीमा २१ प्रतिशत, गण्डकीका १५ प्रतिशत, प्रदेश १ मा १८ प्रतिशत, २ नम्बर प्रदेशमा १० प्रतिशत रोपाईँ सकिएको छ ।

यो वर्ष धानको उत्पादन बढेर ६० लाख मेट्रिक टन पुग्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रारम्भिक अनुमान रहेको छ । यो वर्ष समयमै वर्षात् भएको, रासायनिक मल र बीउको पर्याप्त उपलब्ध भएकाले पनि उत्पादन बढ्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष ५६ लाख ७१ हजार मेट्रिक टन उत्पादन भएको थियो । प्रदेशमध्ये प्रदेश १ र लुम्बनी प्रदेशमात्र धानमा आत्मनिर्भर देखिएको छ अन्य सबै प्रदेशमा धान अपुग रहेको छ । विगत तीन दशककोे अवधिमा मुलुकमा धान उत्पादन ६० प्रतिशतले वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ ।