२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध, बजेट अधिवेशन लम्बिने


0
Shares

काठमाडौं । प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध भएपछि बजेट अधिवेशन लम्बिने भएको छ । नेकपा माओवादी केन्द्रले प्रदेशसभा अवरुद्ध गर्दै आएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्रीले संसद दिएको अभिव्यक्ति अमर्यादित रहेकाले माफी माग्नुपर्ने, एमालेले प्रदेशसभामा पेश भई छलफलमा रहेको बजेट पुनर्लेखनको अभ्यास गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्रले बैठक अवरुद्ध पार्दै आएको हो ।

यता प्रदेश सभामा कांग्रेस भने मौन रहेको छ । मंगलवारको बैठकमा पनि माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध व्यक्त गरेपछि बैठक स्थगित भएको थियो ।

त्यस्तै मन्त्रीको अभिव्यक्तिपछि अवरुद्ध भएको सदन सुचारु गर्न माओवादी केन्द्रसँगै अन्य प्रतिपक्ष दलसँग पनि छलफल भइहेको जनाइएको छ ।