२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भरतपुरमा सवारीको ठक्करबाट एकको मृत्यु


0
Shares

accident

चितवन। चितवनको भरतपुरमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाका अनुसार भरतपुर महानगरपालिका १२ कस्तुरी टोल बस्ने बर्ष ७६ का बसन्त बहादुर लिम्बुको ज्यान गएको हो ।

विहान भरतपुर १० बाइपास रोडमा विस्कुट लोड गरी गुडेको ना ६ ना ६ ख ४९२३ नं।को डिब्बा गाडीले लिम्बुलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते लिम्बुको उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुरमा लगिएकोमा मृत्यु भएको थापाले जानकारी दिनुभयो ।

दुर्घटना गराई फरार रहेको उक्त सबारी साधनलाई तत्काल प्रहरी परिचालन गरि भाग्दै गरेको अवस्थामा केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिईएको थापाले बताउनुभयो । सबारीसाधन र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो ।